अभिनेता निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा व्याक अगेन’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘तिमी नि आधा, म पनि आधा’ बोलको गीत आइतबार काठमाडौँमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत र स्वरमा रहेको गीतको शब्द मुक्त उदासले लेखेका हुन् । गीतमा अर्जुनलाई गायिका अञ्जु पन्तले साथ दिएकी छिन् ।

 

गीतको भिडियो चलचित्रका मुख्य कलाकार निखिल उप्रेती र सारा श्रिपाली फिचरिङ छन् । भिडियोलाई राजमी लामिछानेले कोरियाग्राफी गरेका हुन् । माघ ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पिंजडा ब्याक अगेन’लाई हिमाल केसीले निर्देशन गरेका हुन् । १९ वर्ष अघि निखिलले ‘पिंजडा’बाट सिनेमामा डेव्यु गरेका थिए । सिक्वेलको रूपमा रहेको पिंजडा ब्याक अगेन पारिवारिक कथामा आधारित रहेको निखिल बताउछन् । चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् । रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी रहेको चलचित्रमा निखिल र साराको साथमा पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।