फिल्म ‘आउट लः दफा २१९’ अब हिन्दी भाषामा रिलिज हुने भएको छ । हिन्दीमा डबिङ भइसकेको फिल्मको मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मलाई हलमा रिलिज गर्ने वा ओटीटी प्लेटफर्ममा भन्ने विषयमा कुराकानी भइरहेको उनको भनाइ छ । हिन्दी ट्रेलरलाई युटयुबमा राम्रो प्रतिक्रिया मिलेको छ । कतिले हिन्दी डबिङको प्रशंसा गरेका छन् भने कतिले नेपालको हलमा नै हिन्दी भर्सन रिलिज गर्न आग्रह गरेका छन् ।विक्की महर्जनको लेखन तथा निर्देशन रहेको फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी लगायतको अभिनय छ । अझै पनि हलहरुमा प्रदर्शनरत फिल्मको एक्सन कोरियोग्राफी र मेकिङ दर्शकहरुले निकै रुचाएका छन् । फिल्मको व्यापार पनि सुखद् छ । नेपालमा राम्रो प्रतिक्रिया पाएपछि विदेशी बजारमा फिल्मको माग बढेको छ ।अमित अग्रहरि र निशा गुइडेको संयुक्त लगानीमा बनेको फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, चुल्ठे काजीको द्वन्द्व निर्देशन तथा रोमन बज्रचार्यको ब्याकग्राउन्ड म्यूजिक रहेको छ ।