चर्चित गायक उर्गेन दोङ र गायिका अस्मिता अधिकारी को आवाजमा नयाँ गीत `पुन्टे राजा´ सार्वजनिक भएको छ। गीतमा सचिन खड्का र सरिता घले को अभिनय रहेको छ, जसले प्रेमभावलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन्।गीतको छायांकन रमणीय स्थान प्रकृति रिसोर्ट एन्ड अर्गानिक फार्म मा गरिएको हो। भिडियोको निर्देशन बिशाल नेपाली ले गरेका छन् भने छायांकन दिनेश पराजुली ले सम्हालेका छन्। भिडियोको सम्पादन तथा रंग संयोजन अमृत चापागाईं ले गरेका छन्।यस गीतको पोस्ट-प्रोडक्सन बिग नेपाली फिल्म्स प्रोडक्सन ले गरेको हो भने मिडिया पार्टनरको रूपमा म्युजिक मेला र कोसेली इन्टरटेनमेन्ट रहेका छन्।