फिल्म ‘नरसिंहाः अवतार’को विदेशमा माग बढ्न थालेको छ । निर्माताले फिल्मको प्रदर्शन अधिकार बिक्री गर्न सुरु गरिसकेका छन् । त्यसको सुरुवात जापानबाट भएको छ । जापानका लागि फिल्मको प्रदर्शन अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो ।निर्देशक दीवाकर भट्टराईले फर्स्टलुक पोस्टरपछि धेरै देशबाट फिल्मको प्रदर्शन अधिकार किन्न कुरा आएको बताएका छन् । केही दिनमा अन्य देशमा पनि फिल्म बिक्री गरिने उनले बताए । उनी विदेश राइट्सबाटै फिल्मको आधा लगानी उठ्नेमा विश्वस्त छन् ।निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्ममा राजेश हमालसहित नीर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही लगायतको अभिनय छ । यसमा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । एक्सन जनरामा निर्माण यो फिल्म जेठ ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।