गायक पवन गिरीको नयाँ गीत ‘वास्तविकता’ सार्वजनिक भएको छ। गीतमा स्वर, शब्द र संगीत पवन गिरीकै रहेको छ ।गीतमा प्रतिभा रानीले आफ्नो स्वर दिएकी छिन् भने यस गीतको संगीत एरोही स्टुडियो, अनामनगरमा रेकर्ड गरिएको हो। संगीत संयोजन, मिक्सिङ र मास्टरिङ किरण आलेले गरेका छन्। गीतमा गितार वादन रश्क्रिन शाक्यले गरेका हुन्।भिडियोतर्फ निर्देशन पनि पवन गिरीले नै गरेका छन्। प्रोडक्सन व्यवस्थापन निरज श्रेष्ठले सम्हालेका छन्। छायांकन, सम्पादन तथा रंग संयोजन भीम श्रेष्ठले गरेका छन्। मेकअप आर्टिस्ट मेगुमी लामाले रहेकी छिन्।