यहि चैत्र ३० गते चर्चित नेपथ्य ब्याण्डको ' नेपथ्य लाईभ इन गोकर्णेश्वर' हुने भएको छ। ग्राउण्ड अफ इभेन्ट्स को मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपाल संस्थाको सह आयोजनामा संचालन हुने उक्त कन्सर्ट काठमाडौं को गोकर्णेश्वर -४ स्थित हनुमान चोक नजिकै हुने औद्योगिक शान्ति नेपाल संस्थाका कार्यालय सचिव जिबन नेपालले जानकारी गराए। सो कार्यक्रम हेर्नका लागि अनलाईन मार्फत टिकट बुक गर्न सकिने आयोजक ले जनाएको छ। ४:३० बजे बाट दर्शकहरुले कार्यक्रम स्थल भित्र प्रवेश गर्न पाउने उक्त कन्सर्ट साँझ ६:३० बजे बाट सुरु हुनेछ। नेपथ्य ब्याण्ड अष्ट्रेलियाको विभिन्न शहरमा आफ्नो सांगितिक प्रस्तुति दिएर नेपाल फर्किसकेको छ।