फिल्म ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ । उनको लुक्स हेर्दा फिल्ममा प्रभावशाली चरित्र रहेको देखिन्छ । एक तस्वीरमा उनलाई शिरमा सेतो पगरी बेरेर घरबाहिर आराम गरिरहेको देख्न सकिन्छ ।लक्ष्मण सुनारको निर्देशनमा तयार भइरहेको फिल्ममा अर्पणसहित उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य (मुन्नी), गीता अधिकारी, कुलदीप अधिकारी लगायतको अभिनय छ ।लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको निर्मातामा किरण नेपाली, हिमाल कडरिया र अमलादेवी राई छन् भने सरोज नेपाली कार्यकारी निर्माता हुन् । यसमा महेश दवाडीको लेखन तथा निसाल पौडेलको छायांकन छ ।