चैत्र २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘पिताम्बर’ को अग्रिम टिकट बूकिङ खुलेको छ । केही दीन अघी निर्माण टिमले कलाकारहरु प्रमोद अग्रहरि, सौगात मल्ल, दयाहाङ राईको छुट्टा छुट्टै सोलो तस्वीर राखेर ‘म हो पिताम्बर’ लेखिएको पोस्टर सार्वजनिक गरिरहेपछि दर्शकमा थप कौतुहलता पैदा गरेको छ ।केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा कृषा चौलागाईको निर्देशन छ । प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय चलचित्रमा रहेको छ ।चलचित्रमा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन्। चलचित्रमामा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् ।