फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ले शुक्रबारबाट प्रदर्शन यात्रा सुरु गरेका छन् ।पिताम्बर’ र ‘कर्मा’ दुवैले राम्रो शो पाएका छन् । ठूलो स्टारकास्ट भएकाले शो संख्यामा ‘पिताम्बर’ केही अगाडि छ । यसले १७० शो पाएको छ भने ‘कर्मा’लाई १२५ शो प्राप्त छ । बुकिङमा पनि ‘पिताम्बर’ नै अगाडि देखिन्छ ।
कृषा चौलागाईंको निर्देशनमा तयार भएको ‘पिताम्बर’मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, अनुप विक्रम शाही लगायतको अभिनय छ । ‘कर्मा’लाई भने ‘अगस्त्य’का सौरभ चौधरीले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिव्यदेव लगायतको अभिनय छ ।