आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म एक्सनप्रधान फिल्म ‘नरसिंहाः अवतार’का मुख्य अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराईलाई चित्रित गर्दै दुईवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । दुवै पोस्टरमा राज र सनिशा प्रेमिल भावमा देखिएका छन् lदीवाकर भट्टराईको निर्देशनमा तयार भएको ‘नरसिंहाः अवतार’बाट राजेश हमालले करिब ८ वर्षपछि कमब्याक गरेका छन् । यसमा उनको जोडी अभिनेत्री नीति शाहसँग बाँधिएको छ । सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतको पनि फिल्ममा अभिनय रहेको छ ।दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी रहेको फिल्ममा राजु विक्रम थापाको डिओपी, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु लामाको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन तथा शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ ।