आज चैत्र ३० गते चर्चित नेपथ्य ब्याण्डको 'नेपथ्य लाईभ इन गोकर्णेश्वर' हुने तयारी सम्पुर्ण पुरा भएको छ । ग्राउण्ड इभेण्ट्सको मुख्य आयोजना र औद्योगिक शान्ति नेपाल संस्थाको सह आयोजनामा संचालन हुने उक्त कन्सर्ट काठमाडौं को गोकर्णेश्वर -४ स्थित हनुमान चोक नजिकै हुने र सम्पुर्ण तयारी भैसकेको कुरा औद्योगिक शान्ति नेपाल संस्थाका कार्यालय सचिव जिबन नेपालले जानकारी गराए। दिउसो ४:३० बजे बाट दर्शकहरुले कार्यक्रम स्थल भित्र प्रवेश गर्न पाउने उक्त कन्सर्ट साँझ ६:३० बजे बाट सुरु हुनेछ ।कार्यक्रम हेर्नका लागि अनलाईन बुकिङ वा कार्यक्रम स्थल बाट डोर सेल मार्फत टिकट खरिद गर्न सकिने छ ।