फिल्म ‘समर लभ’का अभिनेता आशिष पिया ५ वर्षपछि अभिनयमा फर्किने भएका छन् । निर्माणको तयारीमा रहेको लभस्टोरी फिल्म ‘अमिगोस्’बाट उनको पुनरागमन तय भएको हो । उनीसँग यसै साता फिल्मका निर्माता विकास आचार्यले लिखित सम्झौता गरेका हुन् । उनका अनुसार आशिषलाई मुख्य भूमिकामा लिइएको हो ।आगामी भदौबाट छायांकन हुन लागेको फिल्मलाई मार्केन्डे डिपविम बस्नेत (मार्कु)ले लेखन तथा निर्देशन गर्नेछन् ।सुरेन्द्र रावल सह–निर्माता रहेको फिल्मको अष्ट्रेलियामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिनेछ ।बिएस इन्टरनेसनल स्टुडियोको व्यानरमा निर्माण हुने फिल्ममा आशिषबाहेक अरु कलाकार निश्चित भएका छैनन् । यतिबेला निर्माण टिमले दुई मुख्य कलाकारको खोजी गरिरहेको छ । केही दिनमा एक अभिनेता र एक अभिनेत्रीको टुंगो लाग्ने निर्माता आचार्यले बताए ।