जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’बाट नायिका नीति शाहको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा नीति मुस्कुराएकी छिन् । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । फिल्म ‘नरसिंहाः अवतार’लाई लिएर दर्शकहरु निकै नै उत्साहित छन् ।