फिल्म ‘कार्साङ’का निर्देशक याम शेर्पाले नयाँ फिल्म ‘मिरमिरे’को निर्माण घोषणा गरेका छन् ।  उनको यो दोस्रो निर्देशकीय फिल्म हुनेछ । उनले ‘कार्साङ’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका थिए ।थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किएका छन् । दुई पात्रले केही योजना बनाएर नयाँ कामको सुरुवातको तयारी गरिरहेको संकेत पोस्टरले गर्छ ।ग्रामीण परिवेशमा आधारित भएर बन्न लागेको फिल्ममा निर्देशक शेर्पा स्वयंको कथा छ । यार्सा फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मको निर्माण निमु शेर्पा र चोङ्वा लामा शेर्पाले गर्नेछन् । २०८२ सालमा प्रदर्शन लक्ष्य राखिएको फिल्ममा कलाकार भने तय भएका छैनन् । आरआर फिल्म्सले फिल्मको वितरण गर्नेछ ।