फिल्म ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा युवराज काफ्लेको शब्द रचना, झुमा लिम्बुको सङ्गीत तथा झुमा र सुजन चापागाईँको युगल गायन रहेको छ । कार्यक्रममा झुमा र सुजनले प्रत्यक्ष प्रस्तुति समेत दिएका थिए ।गीतको भिडियोमा फिल्मका मुख्य जोडी विपिन कार्की र मिरुना मगर चित्रित छन् । गीतमा उनीहरुको प्रेमभावलाई देखाउन खोजिएको छ । फिल्ममा उनीहरुबीच भर्खर प्रेम अंकुराएको समयमा गीतलाई बुनिएको देखिन्छ । रैथाने भाकाको स्वादमा रहेको गीत कर्णप्रिय छ ।बैशाख २६ गतेबाट रिलिजमा आउन लगेको फिल्मलाई निर्देशक नवीन चौहानले निर्देशन गरेका हुन् ।
आर्टमाण्डूको निर्माण रहेको फिल्ममा विपिन र मिरुनासहित विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगर लगायतको अभिनय रहेको छ । फिल्मको स्क्रिप्ट निर्देशक चौहान र सुरज कटुवालले मिलेर लेखेका हुन् ।