एक नया फिल्मको निर्माण घोषणा गरिएको छ । त्यो फिल्म हो, ‘मैना’ । चन्द्र कुमार भट्टराईको निर्देशनमा बन्न लागेको यो फिल्म क्राइम-थ्रिलर जनरामा निर्माण हुनेछ ।राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहने फिल्मको कथा गोविन्द मल्लले लेखेका छन् । सुस्मिता फिल्म्सको प्रस्तुतिमा बन्न लागेको फिल्मको सह-निर्माता रेनु शर्मा र सुष्मा खतिवडा हुन् ।आगामी भदौबाट छायांकन सुरु हुन लागेको फिल्ममा को-को कलाकार रहनेछन् भन्ने खुलाइएको छैन ।