फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको ५१औं दिन पूरा गरेको छ महाशिवरात्रिको अवसर पारेर गत फागुन १४ गतेबाट प्रदर्शनमा आएको फिल्मले कमजोर प्रतिक्रियाका बाबजुद पनि बिहीबार देशभरका १३ वटा हलमा प्रदर्शनको ५१औं दिन मनाएको हो ।फिल्मले प्रदर्शनको ५१औं दिनसम्म ५ करोड ग्रस व्यापार गरेको जानकारी प्राप्त छ । यसबाट निर्माता र हलवालालाई ५०/५० प्रतिशत सेयर बाँडिन्छ । र, प्राप्त रकमबाट वितरकको कमिसन र राज्यलाई ट्याक्स तिर्दा निर्माताले २ करोड २० लाखसम्म पाउन सक्छन् ।कुमार कट्टेल (जिग्री ब्रो)को निर्देशनमा तयार भएको फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, रेणु योगी, अर्पण थापा, कमलमणी नेपाल, मुकुन्द श्रेष्ठ, माला लिम्बु, प्रियाना आचार्य लगायतको अभिनय रहेको छ ।