नायक अनमोल केसी अभिनित ‘कृ’ यस वर्षको प्रतिक्षित चलचित्र हो । माघ २६ गते प्रदर्शन मिति तय गरेको चलचित्रको छायाङ्कन हालै सकिएको छ । यसअघि भदौ, असोज, कात्तिक भन्दै चलचित्रको प्रदर्शन मिति पोष्टपोण्ड भइरहेको छ । तर निर्माण पक्षको अनुसार चलचित्र माघमा नै प्रदर्शन हुने पक्का भएको छ । बाहिरिएकाे खबर अनुसार अनमोल नयाँ चलचित्रको लागी अनुबन्धित भएका छन् । ‘कृ’ लगतै अनमोलले होम प्रोडक्सनको चलचित्रमा काम गर्ने पक्का भएको खबर बाहिरिएको हो । द सुपर काजोल फिल्मस्को ब्यानरमा नायक भुवन केसीले निर्माण गर्ने अनटाइटल प्रोजेक्टमा अनमोल केसी मुख्य भूमिकामा देखिँदैछन् । बुझिए अनुसार चलचित्रलाई ‘ऐश्वर्य’ निर्देशन गरेका निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने भएका छन् । यता चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले लेखिरहेका छन् । यसअघि तिमल्सिनाले ’ए मेरो हजुर २’, ’ड्रिम्स’, ’नाई नभन्नु ल ४’ लगायतका केही चलचित्रमा कथा लेखिसकेका छन् । अनमोलले कृ रिलिज भएलगत्रै फागुनको दोस्रो साताबाट सुटिङ सुरु गर्ने बताइएको छ ।