अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी याञ्चित राणासँग शुक्रबार काठमाडौं जिल्ला अदालतमा विवाह गरेकी हुन् । दुवै करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।याञ्चित पेशाले एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर हुन् ।उनी लामो समयदेखि एयर डाइनेस्टीमा कार्यरत छन् । उनको इन्स्टाग्राममा नीतिसँगका रोमान्टिक तस्वीरहरु धेरै देख्न सकिन्छ । सन् २०२३ मा उनले २ वर्षदेखि आफ्नो साथमा रहेकोमा नीतिलाई धन्यवाद दिएका थिए ।सन् २०१७ मा मिस इन्टरनेशनल नेपालको उपाधि जितेकी नीतिले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘खजुरे ब्रो’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी थिइन् । अब उनको तेस्रो फिल्म ‘नरसिंहा अवतार’ आगामी जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ । यसमा उनको जोडी अभिनेता राजेश हमालसँग बाँधिएको छ । आगामी साउन २३ गते उनी अभिनीत चौथो फिल्म ‘मोहर’ पनि रिलिज हुँदैछ ।