फिल्म ‘कार्की साइँला’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मको मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले मुहूर्त सट दिएका थिए । उनीहरुले पहिलो पटक फिल्ममा एकसाथ काम गर्न लागेका हुन् ।राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्ममा जितु र वर्षासहित गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङ लगायतको अभिनय रहनेछ । कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ र निर्माता बालकुमार राई हुन् । कार्यकारी निर्मातामा राजु श्रेष्ठ छन् ।अजित लामिछानेको पटकथा तथा संवाद रहेको फिल्ममा छायांकन डम्बर बहादुर राई, द्वन्द्व निर्देशन राजु किराँती, संगीत बाबुल गिरि, गीत जीवननाथ गौतम र नृत्य निर्देशन कमल राईको रहनेछ ।