आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सनप्रधान फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला ‘अच्छा लेकिन लण्डनको’ गीतका कारण चर्चामा छ । फिल्मको प्रदर्शन नजिकिँदै गर्दा निर्माण टिमले प्रचारमा तीव्रता दिइरहेको छ । श्रृंखलाबद्ध रुपमा प्रचारात्मक सामाग्री सार्वजनिक भइरहेका छन् । यसैबीच, मंगलबार फिल्मको एक नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसमा मुख्य अभिनेता राजेश हमालसहित १६ जना कलाकार चित्रित छन् ।दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हमालसहित सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिब जंग बस्नेत, राकेश मानन्धर टार्जन लगायतको अभिनय छ । यो हमालको ८ वर्षपछिको कमब्याक फिल्म हो ।चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको द्वन्द्व, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।