शुक्रबारबाट हलमा नया नेपाली फिल्म ‘खेल’ प्रदर्शनमा आएको छ । प्रदर्शनपूर्व गरिएको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएका फिल्मलाई देशभरका हलहरुले सुखद् शो बाँडेका छन् । तर, टिकट बुकिङको अवस्था हरिविजोग छ ।  ‘खेल’लाई अनुराग प्रधान र आस्था श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी लगायतको अभिनय छ ।