फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर छ भने महेश स्वयंको शब्द तथा संगीत र रिकेश गुरुङको एरेञ्ज तथा मिक्सिङ्ग मास्टरिङ्ग छ ।निर्देशक सिमोस सुनुवारको निर्देशन रहेको फिल्मको गीतको भिडियोमा अभिनेता आसिफ शाह र अभिनेत्री गरिमा शर्मा चित्रित छन् ।फिल्ममा सौगात, आसिफ र गरिमासहित रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम लगायतको अभिनय छ । गरिमाले मुख्य अभिनेत्रीको रुपमा काम गरेको यो पहिलो फिल्म हो ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो । सन्तोष गौतमको निर्माण रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन छ भने हरि हुँमागाईको डीओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी तथा सुनिल शिवभक्तिको सम्पादन छ ।