फिल्म ‘एक्लो’को  क्यारेक्टर पोस्टर सार्वजनिक भइरहेका छन् । प्रदीप खड्का, बेनिशा हमाल र विजय लामापछि आइतबार मातातीर्थ औँसीको दिन पारेर अभिनेत्री दीया पुनको पनि क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उनलाई ‘एस्ट्रोनट पुन’को रुपमा चिनाइएको छ ।

प्रदीप शाहीको निर्देशनमा बनेको फिल्ममा सुनील थापा, दिनेश डिसी, सुरज सिङ ठकुरी, कविता नेपाली, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, बाल कलाकार जेमिन श्रेष्ठ, स्योन सविक सिंह लगायतको पनि अभिनय छ । फिल्मको यतिबेला लण्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । यो फिल्मको दोस्रो श्रृंखला पनि निर्माण हुनेछ ।

फिल्मको निर्माताहरूमा राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन छन् । कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । बाबु श्रेष्ठको छायाङ्कन रहेको फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइन तथा सन्तोष लामाको कला निर्देशन छ । फिल्मलाई यस वर्ष (२०८२)को अन्त्यसम्म प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।