टिकटकर मोडल उषा उप्रेतीले फिल्ममा डेब्यु गर्ने भएकी छन् । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आचार्य’बाट उनको डेब्यु पक्का भएको हो । उनले शुक्रबार निखिलसँगको एक तस्वीर फेसबुकमा सेअर गर्दै नयाँ यात्रा थालनी भएको उल्लेख गरेकी छन् ।उनी फिल्ममा कसको जोडी बनेर देखिनेछिन् भन्ने खुलिसकेको छैन एक्सनप्रधान रहने ‘आचार्य’मा निखिल स्वयं मुख्य भूमिकामा देखिँदैछन् भने उनकी श्रीमती तथा अभिनेत्री सञ्चिता लुईँटेलको पनि अभिनय रहनेछ । यसपटक फिल्ममा फरक शैलीको एक्सन पस्किने तयारीमा निखिल छन् । प्याराग्लाइडिङबाट स्टन्ट गरेको दृश्य फिल्ममा समावेश गरिँदैछ ।तीन महिनाअघि निखिलले एक अन्तर्वार्तामा नयाँ फिल्मको छायांकन आगामी जेठबाट सुरु गर्ने बताएका थिए ।