गायक सञ्जीव पराजुली र गायिका टिका प्रसाईँको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नाई मलाइ थाहा छैन’ गीतको सफलता पछि यी दुईले ‘पहिलो भेटैमा’ बोलको गीत बजारमा ल्याएका छन् ।गत शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको एल्बम ’त्यो सपना’ मा संग्रहित यस गीतमा शब्द होम नाथ न्यौपाने र सङ्गीत दीपक भट्टराईको रहेको छ ।

 

सार्वजनिक गीतमा अभिनेता कर्मा र अभिनेत्री वर्षा शिवाकोटी देखिएका छन् । 
गीतमा दिपेन्द्र शाहीको कोरियोग्राफी रहेको छ भने यसलाई धन योन्जन तामाङले खिचेका हुन् । भारत रेग्मीको सम्पादन रहेको यस गीतलाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् ।