अभिनेत्री रेखा थापालाई अब नाटकमा पनि देख्न पाइने भएको छ । कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले डेब्यु गर्न लागेकी हुन् ।जेठ १५ गतेदेखि असार ७ गतेसम्म मंचन हुने नाटक दीपक सिंजालीद्धारा लिखित उपन्यास ‘मीरा’मा आधारित हुनेछ । नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा छ ।नाट्य रुपान्तरण र निर्देशन सुन्दर धितालले गर्दैछन lनाटकको मुख्य भूमिकामा रेखाले अभिनय गर्न लागेकी हुन् । यो नाटकको रिहर्सल र रिडिङ सुरु भैसकेको छ ।