गीतकार हरिभक्त बुढाथोकीको शब्द तथा टेक बिसी र सिम्रोन परियारको स्वरमा “दुरी मलाई हुनु छैन” बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार गीतकार हरिभक्त बुढाथोकीकै युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियोमा बिना रावत, अनिता मेहेन्ता र भूगोल कुमार कार्कीको अभिनय रहेको छ । भीम बिसीले सङ्गीत दिएको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी विशाल कैनिले गरेका छन् ।
गीतकार हरिभक्त बुढाथोकी नेपाली साहित्य र समाजसेवामा एउटा उदाहरणीय नाम हो । एक दर्जन भन्दा बढी पुस्तकका लेखक, ४ विविध विधामा सोध्यपत्र समेत लेखेका एक अब्बल लेखक हुन । साथै नेपालीमा ड्राइभिङ सम्बन्धी पुस्तकका पहिलो लेखक र ती पुस्तकहरू हुन “सवारी ज्ञान” “ड्राइभिङ शिक्षा” तथा English मा “Motor driving” आदि ड्राइभिङ सम्बन्धी पत्रीकाका पहिलो सम्पादक र प्रकाशक तेह्रथुम जिल्लाका पहिलो नाटककार, उपन्यासकार, गीतकार, कथाकार (साहित्यकार) मा समेत हरिभक्त बुढाथोकी निकै अब्बल मानिन्छन् ।
साथै बुढाथोकीले थुप्रै चर्चित गीतहरू समेत रचना गरेका छन् । नजर लाग्ला नि, मुटुमै गाँसेको माया र तिम्रै दर्शन उनको हिट गीतहरूमा पर्छन् ।