नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर हेर्दा फिल्मको केन्द्रीय द्वन्द्व सामाजिक अन्तर्विरोध रहेको देखिन्छ ।अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरले फोटो खिचाएको दृश्यबाट सुरु भएको ट्रेलर विपिनले क्यामराको रिल हेरेको दृश्यसँगै टुंगिएको छ । बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा विपिन र मिरुनासहित एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, भावना खपाङ्गी, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा लगायतको अभिनय छ । आर्टमाण्डूको निर्माण रहेको फिल्मलाई चिन्तनराज भण्डारीले छायांकन गरेका हुन् ।