आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’को पहिलो चरणको पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु पल शाह, बेनिशा हमाल, नीति शाह र अर्जुन जंग शाहीलाई स्थान दिइएको छ । पोस्टरले चरित्र चित्रण र पात्रको मनोदशालाई दर्शाएको छ ।।ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, बाल कलाकार सारा शर्मा लगायतको पनि अभिनय रहेको छ । फिल्म मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् ।फिल्ममा दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा प्रमोद ढुंगाना र हर्क साउदको शब्द रचना रहेको छ ।