निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’को छायांकन सकिएको छ ।  छायांकन शुक्रबार २५ औं दिनमा प्याकअप भएको हो । अब पोस्ट प्रोडक्सनको काम सुरु हुने निर्माता पौडेलले बताए ।सुशान्त गौतमको निर्देशनमा तयार भएको फिल्ममा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्मलाई आगामी भदौ २७ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।नेपाली र हिन्दी भाषामा रिलिज गरिने बताइएको ‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । यसमा शरद महतोको छायांकन तथा मुकेश खनालको लेखन रहेको छ ।