आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर फिल्म ‘महाभोज’को दोस्रो गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ ।  गीतमा निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वर रहेको छ भने हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको संगीत, पुष्कर खत्रीको एरेञ्ज तथा केतन क्षेत्रीको रेकर्ड प्रोडक्सन छ ।सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महतसहित स्वयं गायक निश्चल बस्नेत नृत्य गर्दै देखिएका छन् । मलिकाको विवाह समारोहको परिवेशमा तयार पारिएको भिडियोमा परिवार, साथीभाइ र गाउँलेको रमाइलो माहोललाई झल्काइएको छ ।क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा आर्यन सिग्देल, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाह लगायतको पनि अभिनय देख्न पाइनेछ । फिल्मका निर्माता हिमाल कडरिया र कार्यकारी निर्माता किरण नेपाली हुन् भने विकास सुवेदीको लेखन रहेको छ ।