चलचित्र ‘शेरबहादुर’को पहिलो गीत सार्वजनिक भएको छ ।  ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत मङ्गलवार काठमाडौँमा आयोजना भएको एक कार्यक्रम बिच सार्वजनिक भएको हो । डान्सिङ नम्बरमा रहेको गीतमा चलचित्रका मुख्य कलाकार मेनका प्रधान, कर्मा, रविन्द्र झा फिचरिङ छन् । सार्वजनिक गीतमा कोसिस क्षेत्रीको शब्द सङ्गीत र स्वर रहेको छ भने यस गीतमा मिना निरौलाले कोसिसलाई गीतमा साथ दिएकी छिन् ।

 

एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराका बनेको चलचित्र ‘शेरबहादुर’मा सुनिल थापा , कर्मा , मेनुका प्रधान , रविन्द्र झा, जानबी बोहरा लगायतका कलाकारको अभिनय रहेको  छ । धिराज प्रोडक्सनमा बनेका चलचित्रलाई आर राजवंशिले निर्देशन गरेका हुन्।  वरिष्ठ छायांकार गौरीशंकर धुजु , धिराज राजवंशीको चलचित्रमा लगानी रहेको छ । चलचित्र माघ १९ गतेबाट  रिलिज हुने तयारीमा रहेको छ ।