शोभित बस्नेतको निर्देशनमा बनिरहेको फिल्म ‘पीआर’को दोस्रो चरणको छायांकन कास्की जिल्लाको धम्पुसबाट सुरु भएको छ । गत फागुनमा अस्ट्रेलियामा ६० प्रतिशत छायांकन गरिएको फिल्मको सोमबार धम्पुसमा बिहेको दृश्य खिचिएको थियो । धम्पुसपछि पोखरा, चितवन र काठमाडौंमा छायांकन हुन लागेको फिल्ममा दिक्पाल र विनितासहित नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, विमला खत्री, आश्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, म्याक्स लगायतको अभिनय छ ।निर्देशक बस्नेतको कम्पनी सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भइरहेको फिल्ममा ए वान ग्रुप सर्भिस (अष्ट्रेलिया)का प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्मातामा रहेका छन् । यसमा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, निर्देशक बस्नेतकै कथा तथा गणेश बुढाथोकीको पटकथा र संवाद छ ।अस्ट्रेलियामा सौरभ मानन्धरले खिचेको फिल्मलाई नेपालमा सौरभ लामाले छायांकन गरिरहेका छन् । सम्पादन बन्दे प्रसादले गर्नेछन् ।