माइकल चन्दको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘राम नाम सत्य’को मुख्य भूमिकामा अभिनेता सुशिल श्रेष्ठ अनुबन्धित भएका छन् । सुशीलसँग निर्माणपक्षले वुधबार कागजी संझौता गरेको छ । एक्सन, लभस्टोरी र सस्पेन्स कथामा निर्माण हुन लागेको हो ।यो सिनेमामा अभिनेता विराज भट्ट यसअघि नै मुख्य भूमिकामा फाइनल भइसकेका छन् । सिनेमामा विराजको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन । सिनेमाका लागि अझै मुख्य अभिनेत्री र केही कलाकारहरु फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।यो सिनेमाको स्क्रिप्ट फाइनल भइसकेको छ । अहिले धमाधम कलाकारहरु अनुवन्धित गर्ने काम चलिरहेको छ ।माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको सिनेमामा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । सिनेमाका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । सिनेमाको छायांकन केही महिनामै सुरु गर्ने तयारी निर्माणपक्षको छ