चलचित्र ‘महाराजधिराज’ मा अभिनेत्री फाइनल भएकी छिन्। परिच्छेद सेनको निर्देशनमा तयार हुने चलचित्रमा बर्षा शिवाकोटी मुख्य भूमिकामा देखिने भएकी छिन्। पछिल्लो समय बर्षा एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन्।विराज बिष्ट प्रस्तुकर्ता रहेको चलचित्रमा निर्देशक सेनको नै लेखन रहेको छ। चलचित्रमा बर्षा पलको जोडीको रुपमा देखिने बुझिएको छ। दशैंको फूलपातिबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरिसकेको छ । पल र बर्षाले चलचित्र ‘वीर बिक्रम २’ मा सहकार्य गरिसकेका छन् भने केहि म्युजिक भिडियोमा पनि दुवै संगै देखिएका छन्।