सोमबार रातीबाट सामाजिक सञ्जालमा २०१७ मिस नेपालकी सेकेण्ड रनरअप नीति शाहको आलोचना बढ्दो भइरहेको छ । मिस इन्टरनेशनलमा आफूलाई नेपालको प्रतिनित्व गर्ने नीति महिना दिन अघि जापान पुगेकी थिइन् । हरेक वर्ष हुने मिस नेपाल जस्तै यसबर्ष मिस नेपालमा नीति सहभागी भएकी थिइन् । मोडलिङमा आफ्नो छुट्टै पहिचान बनाएकी उनको सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ छ । यस वर्षको मिस नेपाल उपाधि नीतिले जित्छिन् भनेर धेरैले आस गरेका थिए । तर फाइनल राउण्डमा उनले दिएको प्रश्नमो जवाफले धेरैको आसलाई निराशमा परिणत भइदियो । नीति मिस नेपाल नभई सेकेण्ड रनरअपको उपाधिले चित्त बुझाइन । यति बेला उही नीतिलाई अग्रेजी बोल्न नजानेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना गरिएको छ । 
आलोचनाको कारण ? 
जापानमा भइरहेको मिस इन्टरनेशनलमा सम्पूर्ण देशको सुन्दरीहरुलाई महिला शिक्षाको सम्बन्धमा आफ्नो भनाई राख्न दिइएको थियो । यसैमा नीतिले नेपालमा दुई समूहका महिला छन् भनेर बिभाजन गरेकी थिइन् । सभामा नीतिले यसो भनेकी थिइन्  ‘नेपालमा ग्रामीण र शहरीया महिला रहेको छ । सहरमा बस्ने महिलाहरू शिक्षित रहेको, सुगरसफा रहेको र ग्रामीण महिलाहरू अशिक्षित र सरसफाइमा ध्यान नदिने प्रकारको रहेको छ । त्यसमा पनि ग्रामीण महिलाईहरु विभिन्न देशमा बेचिएका छन् । ’ उनको यस भनाइप्रति धेरैले आपत्ति जनाएका छन् । यसैमा कतिले कमजोर अग्रेजीको कारण यस्तो भनिएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी गरेका छन् भने कतिले कमजोर तयारीको साथै सामान्य ज्ञानको कमीले यस्तो बोलेको लेखेका छन् । केही समय अघि उनले मिस नेपाल निकिता चन्दकलाई काली भनेर सम्बोधन गरेको कारण पनि चर्चामा आएकी थिइन् । 
उनले बोलको भिडियो :-

 

 

नीतिले आफ्नो फेसबुकमा आफूले देशमा भइरहेको अहिलेको स्थिति र यसको सुधारको लागी बोलेको लेखेकी छिन् ।

उनको यस्तो छ स्टाटस :-