फिल्म ‘महाराजधिराज’मा एकपछि अर्को कलाकारहरू अनुबन्धित हुने क्रम जारी छ । यसैक्रममा अभिनेत्री वर्षा राउतले पनि यो फिल्म साइन गरेकी छन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै निर्माण टिमले राउतलाई अनुबन्ध गरेको हो ।
फिल्ममा यसअघि रमेश उप्रेती, आर्यन सिक्देल, पल शाह, वर्षा सिवाकोटी र जयकिशन बस्नेत अनुबन्ध भइसकेका छन् ।
‘महाराजधिराज’लाई परिच्छेद सेनले लेखन तथा निर्देशन गर्दैछन् । उनले यसअघि फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए, जसले समीक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पाएको थियो ।
‘महाराजधिराज’ छत्रेश्वर म्यानेजमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको प्रस्तुतकर्ता विराज बिष्ट हुन् ।
फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । ‘महाराजधिराज’ को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । फिल्मको प्रदर्शन दसैंको फूलपातीलाई घोषणा गरिएको छ ।