हाइ टेकको प्रस्तुति रहेको नयाँ गीत ‘कोहि कोहि’ हालै सार्वजनिक गरिएको छ। यस गीतमा लोकप्रिय गायक प्रताप दास र सदीक्ष्या कट्टेल को सुमधुर स्वर सुन्न सकिन्छ।गीतको शब्द रचना सरला श्रेष्ठ र लक्ष्मण पोखरेल ले गरेका हुन् भने संगीत पनि लक्ष्मण पोखरेलकै रहेको छ। एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् र रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन्। गीतको मिक्सिङ र माष्टरिङ किशोर थापाले गरेका छन्।
संगीत भिडियोतर्फ हेर्दा, प्रभात पल ठकुरी र बीना राउत को अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन सुब्रत आचार्य ले गरेका हुन् भने जया शर्मा क्रियटिभ डिरेक्टरको भूमिकामा रहेकी छन्।कोरियोग्राफी रोशन बीके को रहेको छ, जसमा रेकिशा खत्री सहायक कोरियोग्राफरका रूपमा संलग्न रहेकी छन्। छायांकन उत्तम हुमागाईंले गरेका हुन् भने सम्पादन बिकाश दाहालले गरेका छन्।
भिडियोको छायांकन लामाटारस्थित इन्द्रेणी होलिडे रिसोर्ट मा गरिएको हो, जसले दृश्यलाई थप रमणीय बनाएको छ।यस गीतमा डान्स को-ओर्डिनेटर हरि अधिकारी, सहायक निर्माण शुभराज कार्की, मेकअप ज्योति केसी, र पब्लिसिटी डिजाइन साई को ले सम्हालेका छन्।