गायक बृजेश श्रेष्ठले विद्युतीय गाडी खरिद गरेका छन्। शुक्रवार गायक श्रेष्ठले प्रोटोनको ई- मास सेभेन मोडलको गाडी खरिद गरेका हुन् । सामाजिक सञ्जाल मार्फत बृजेशले गाडी खरिद गरेको जानकारी गराएका हुन् l ई -मासको प्रोटोन कम्पनी सँग बृजेश जोडिएका पनि छन् । शुक्रवार नै ई मासले गाडी डेलिभरी दिइएको जनाइएको छ। नेपालमा यो गाडीको मूल्य ६७ लाख रुपैयाँ माथि कायम गरिएको छ ।