, ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२’ बाट वर्षा बस्नेत सम्मानित भएकी छन् । उनलाई ५१,००० नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो। यसै गरी पत्रकार जिवन कुमार पराजुलीलाई पनि चलचित्र पत्रकार सङ्घ नेपालले सोहि सम्मान प्रदान गरेको छ । २६औँ वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, पुरस्कार प्रदान समारोह, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस र दोस्रो राष्ट्रिय भेलाको आयोजना गरेको थियो । पुरस्कार वितरण समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, बसुन्धरा भुषाल, सङ्घका पूर्वअध्यक्ष विदुर गिरी, शान्ती प्रिय, दिनेश सिटौला लगायत सहभागी थिए ।यसै गरीपत्रकार ध्रुव लम्साललाई नगद ५५,५५५ रुपैयाँसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत २०८२’, विष्णु सुवेदी र नरेन्द्र बस्नेत (कोशी) लाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८२’ प्रदान गरियो ।साथै ,रश्मी थापालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८२’ र तुलसी प्रसाद निरौला (कोशी) लाई ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरियो । यी दुवै पुरस्कारको राशि जनही २५,००० रहेको छ ।