पछिल्ला केही दिन यता सिने नगरीमा नायक प्रदीप खड्का र नायिका प्रियंका कार्कीको चर्चा बढ्दो छ । केही दिन अघि प्रदीपले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग चलचित्र गर्ने भन्ने समाचारले मिडियामा राम्रो स्थान पाएको थियो । यता प्रियंका पनि विभिन्न कारण चर्चामा आइरहिन् । तर जब प्रियंका र प्रदीप एकसाथ चलचित्रमा काम गर्दैछन् भन्ने समाचार बाहिरियो तब सिने नगरीमा छुट्टै तरङ्ग पैदा गरेको थियो । चलचित्र ‘लिलिबिली’मा प्रियंका हालै अनुबन्धित भएकी छिन् । चलचित्रमा नव नायिका रेबिका गुरुङलाई राखिएको थियो । रेबिका स्वास्थ्य स्थिति कमजोर भएको साथै बेलायतले भिसा अस्विकृत गरेको कारण उनी लिलिबिलीबाट बाहिरिन् ।

 

उनको स्थानमा प्रियंका काम गर्दैछिन् । केही दिन अघि प्रियंका आफ्नो चलचित्र ‘ह्याप्पी डेज’को प्रियमियरको लागी बेलायत पुगेकी थिइन् । चलचित्रको सम्पूर्ण छायाङ्कन बेलायतको विभिन्न स्थानमा गरिने कारण नायक प्रदिप खड्का पनि बेलायतमा नै छन् । लिलिबिलीलाई मिलन चाम्सले निर्देशन गर्दै छन् । यसै चलचित्रको लागी अर्की नव–नायिका जसिता गुरुङ बेलायतमा छिन् । 

 


लिलिबिलीमा प्रियंका, प्रदीप र जसिता अन स्किृन रोमान्स गर्ने लागेका हुन् । जबदेखि प्रदीप र प्रियंकाको जोडी फाइनल भयो तबबाट सिनेनगरीमा यी दुईको जोडी सुहाउने हो या होइन भन्ने चर्चा सुरु हुन थालेको छ ।