२५ वर्ष लामो फिल्मी करिअरमा रेखा थापाले सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन्। घरेलु फिल्म क्षेत्रमा ‘हिरोइनइज्म’ स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेकी रेखा अहिले कलाको अर्को आयाममा प्रस्तुत भएकी छन्।
उनले अभिनय गरेको पहिलो नाटक ‘मीरा’ बाट उनले ‘पर्फमेन्स आर्ट’मा डेब्यु गरेकी हुन्। सोमबार बेलुका कान्तिपुर थिएटरमा यो नाटकको प्रिमियर गरिएको छ।
दीपक सिंजालीको उपन्यासमा आधारित यो नाटकको परिकल्पना र निर्देशन सुन्दर धितालले गरेका हुन्। नाटकमा रेखाले मुख्य पात्र मीराको भूमिका निर्वाह गरेकी छन्।
उनको प्रेम सम्बन्ध गाढा हुँदै जाँदा उनीहरूको परिवारले बाधा पुर्याउँछ। पति-पत्नीको रूपमा एकअर्कालाई स्वीकारेर काल्पनिक संसारमा रमाइरहेका दुई प्रेमीको सपना भताभुंग हुन्छ र कृष्ण हराउँछ। वियोगमा रहेकी मीराले पूजाकोठालाई आफ्नो संसार बनाएर कृष्णभक्तिमा डुबिन्छिन्।
के यी दुई प्रेमीको पुनर्मिलन सम्भव छ? समग्रमा नाटक यही प्रेम र सम्बन्ध वरिपरि घुम्छ।
नाटकमा कृष्णको भूमिकामा विशाल देवकोटा छन्। घरेलु फिल्मका चर्चित अभिनेता विशाल पहारीले यो नाटकबाट ४० वर्षपछि थिएटरमा पुनरागमन गरेका छन्। गीत विष्ट, सुनिल खड्का, विन्दा खतिवडा र डोरेस खतिवडा र उन्नत जंग उप्रेतीले पनि अभिनय गरेका छन्। यसैगरी बाध्यबाधकमा हार्मुनियम र आवाज विस्व काफ्ले , तबला सुशान्त चालिसे र बाँसुरीमा निर्मल सिहं हुनुहुन्छ ।
यो नाटक जेठ १९ देखि असार ७ सम्म, बुधबारबाहेक प्रत्येक दिन बेलुका ५ः३० बजेदेखि गैरीधारास्थित कान्तिपुर थिएटरमा मंचन हुनेछ।