विगत तिन वर्ष देखि रोकिएको ‘क्रिटिक्स अवार्ड’ यस वर्षबाट सुचारु हुने भएको छ । नेपाल चलचित्र समिक्षक समाजले वितरण गर्दै आइरहेको ‘क्रिटिक्स अवार्ड’ पछिल्लोतीन वर्षको अवार्ड एकसाथ वितरण गर्न भएको हो । सात विधामा प्रदान गरिने अवार्ड आउदो मङ्सिर ६ गते बत्तीसपुतली स्थित शिल्पी थिएटरमा वितरण गरिनेछ ।  त्यस्तै २०७१, ०७२ र ०७३ सालमा प्रदर्शन भएको चलचित्र मध्यबाट अवार्ड प्रदान गरिने भएको हो । 

अवार्ड पाउने सूची :-

२०७३ :
सर्वोत्कृष्ट फिल्म : कालोपोथी
सर्वोत्कृष्ट निर्देशक : दीपक रौनियार (सेतो सूर्य)
सर्वोत्कृष्ट पटकथा : मीन भाम, अविनाश विक्रम शाह (कालोपोथी)
सर्वोत्कृष्ट सम्पादन : डेभिड बार्कर (सेतो सूर्य)
सर्वोत्कृष्ट छायांकन : अजिज जाम्भाकिभ (कालोपोथी)
सर्वोत्कृष्ट अभिनेता : बिपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा)
सर्वोत्कृष्ट अभिनेत्री : केकी अधिकारी (लभ सासा)

२०७२ :
सर्वोत्कृष्ट फिल्म : पशुपति प्रसाद
सर्वोत्कृष्ट निर्देशक : दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद)
सर्वोत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
सर्वोत्कृष्ट छायांकन : शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)
सर्वोत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल (क्लासिक)
सर्वोत्कृष्ट अभिनेता : सौगात मल्ल (फन्को)
सर्वोत्कृष्ट अभिनेत्री : रिस्मा गुरुङ (कबड्डी कबड्डी)

२०७१ :
फिल्म : कबड्डी
निर्देशक : निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
पटकथा : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)
अभिनेता : दयाहाङ राई (कबड्डी)
अभिनेत्री : प्रियंका कार्की (सुन्तली)
छायाङकन : ओन्ड्रा बेलिका (सुन्तली)
सम्पादन : बनिस शाह र मिलन श्रेष्ठ (तान्डव)
पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)