हाल कान्तिपुर थिएटरमा मञ्चन भइरहेको नाटक *‘मिरा’*को टिम लोकप्रिय टेलिभिजन शो कमेडी दरबारमा गेस्टका रूपमा पुगेको छ। शोमा नाटकको प्रमुख कलाकार रेखा थापा सहित विशाल पहारी, विशाल देवकोटा र निर्देशक सुन्दर घितालले उपस्थिति जनाएका हुन्।

कमेडी दरबार हाल नेपाली टेलिभिजनको एक चर्चित हास्य शो हो, जसले विभिन्न क्षेत्रका सेलिब्रिटीहरूलाई कार्यक्रममा आमन्त्रण गर्दै मनोरञ्जन प्रदान गर्दै आएको छ।मिरा’*को विशेष भाग आगामी शुक्रबार प्रसारण हुनेछ। शोकी निर्देशक श्रद्धा प्रसाईका अनुसार, उक्त एपिसोडमा नाटकका कलाकारहरूले आफ्नो अभिनय यात्राबारे अनुभव साटासाट गर्नेछन् र केही रमाइला प्रस्तुति पनि दिनेछन्।