नेपालका सबैभन्दा होचा कलाकारको रूपमा परिचित दिपेन शाहको निधन भएको छ । १९ वर्षीय शाहको बिहीबार बिहान ९ बजेको समयमा निधन भएको हो । उनकोे निधन ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा भएको हो । दश कक्षामा अध्ययनरत दिपेनले ‘झ्यानाकुटी झ्याई’ लगायतका टेलिसिरियल र चलचित्रमा काम गरेका छन् । कलाकार महादेव त्रिपाठीसँग मिलेर उनले विभिन्न स्टेज कार्यक्रमहरू गर्दै आइरहेका थिए । उनको उपचारको लागि सहयोग सङ्कलन पनि गरिएको थियो । कलाकार दिपेन शाहप्रति हार्दिक श्रद्धाञ्जली !