युवा पुस्तामाझ चर्चित नेपाली गायक एकदेव लिम्बूले चर्चित भारतीय गायिका नेहा कक्करसँग सहकार्य गरेको गीतले यतिबेला चर्चा पाइरहेको छ।गत शुक्रबार 'झिम झिम' शीर्षकको गीत सार्वजनिक भएको थियो। यो गीत यतिबेला स्रोता/दर्शकको मन जित्दै युट्युब ट्रेन्डिङमा समेत अगाडि आइरहेको छ । हाल सम्म गीतलाई एक करोड चालिस लाख माथि दर्शकले ले हेरेका छन् भने दुई लाख छ्हत्तर माथि दर्शकले लाईक र २८ हजार माथि गीतलाई कमेन्ट प्राप्त भएको छ । प्राय सकारात्मक कमेन्ट कै ओइरो लागेको गीतलाई दर्शकले अत्याधिक रुचाएक छन् ।बिगत छ दीन देखी गीतले युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगटेको छ । 'झिम झिम' मा हिन्दी र नेपाली गीतको मिश्रण छ। यसमा संगीत रजत नागपालको छ भने शब्द एकदेव लिम्बु र राना सोटलको हो।यो रोमान्टिक गीतको भिडिओमा ऋत्विक साहोर र प्रिया प्रकाश वारिअरले अभिनय गरेका छन्। यसै गरी एकदेवको नेपाली भर्सनलाई पनि दर्शकले अत्याधिक रुचाएका छन् । हाल सम्म नेपाली भर्सनलाई ३३ मिलिएन यानिक ३ करोड ३० लाख माथि दर्शकले हेरिसकेका छन् । एकदेवका `शिरफूल´ , `फिजेको केश´, `ए है´ , `क्या राम्री´ लौ कान्छी ´ लगायतक प्राय सबै गीतहरु हिट् छन् । उक्त गीतहरुमा करोड माथिकै भ्युज हरु छन् ।