गायक ब्रिजेश श्रेष्ठ र र्यापर हाकिम गुरुङको नयाँ गीत ‘तारा जस्तै’ सार्वजनिक भएको छ। गीतमा उनीहरूसँग अब्बु द रियल म्यान र फ्रीक बीको पनि दमदार साथ रहेको छ।
गीतलाई ब्रिजेश श्रेष्ठको शब्द , संगीत दिएका र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
गीतको भिडियोलाई बिबेक मगरले निर्देशन गरेका छन्। छायांकन योदिन योन्जनले गरेका हुन् भने भिडियोलाई झन् आकर्षक बनाउन सोबित मगरले कलर र भी एफ एक्स को काम गरेका छन्। भिडियो फज्जी फिल्म्सको निर्माणमा बनेको हो।
भिडियोमा यौशा मगर, अञ्जना चौधरी, जेनी गोले, लिसा क्षेत्री र रिया दर्नाल , अन्जली मगर र प्रमिशा राईले देखिएका छन्। यस अघी बृजेसको र हाकिम चिसो चिसो ले राम्रो चर्चा कमाएको थियो । बृजेशको नम्बर , ओ मैचा , सरर ,डल्लि लगायतका गीतहरु एक्दमै हिट् छन् ।