लोकप्रिय नेपाली टेलिसिरियल मेरी बास्सै बाट ‘अप्सरा आमा’को भूमिकामा दर्शकमाझ चिनिएकी कलाकार लक्ष्मी श्रेष्ठको असार २१ गते राति क्यान्सरको कारण निधन भएको छ। केही समयदेखि अक्सिजनमा घरमै उपचाररत रहेकी उहाँको पार्थिव शरीरलाई असार २२ गते बिहान पशुपति आर्यघाटमा राष्ट्रिय झण्डासहित सम्मानपूर्वक अन्त्येष्टि गरिएको थियो।

दाहसंस्कारमा चलचित्र विकास बोर्डका अध्यक्ष, सीताराम कट्टेल (धुर्मुस), सुशीला निरौला, दीपकराज गिरी, राधिका हमाल लगायत सहकर्मी कलाकारहरूको उपस्थिति थियो। जिरे खुर्सानीकान्छीउल्टो सुल्टो जस्ता सिरियलहरूमा पनि अभिनय गरेकी श्रेष्ठको निधनले नेपाली मनोरञ्जन क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।