‘को होला त्यो..’, ‘देउराली’ लगायतका चर्चित गीत गाएका गायक सुनिल गिरीको नयाँ गीत सार्वजनिक भएको छ । ‘कस्तो यो मन..’ बोलको गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा शब्द तथा सङ्गीत समेत गायक स्वयम्को रहेको छ भने एरेन्ज रिकेश गुरुङले गरेका हुन्। भिडियो अनिल के. मानन्धरको निर्देशनमा निर्माण भएको हो। भिडियोमा सुनिल गिरि आफै र श्रेया शर्माको आभिनय रहेको छ ।